भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले यातायातसमेत प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले ध्यानाकर्षण गराएको छ।

नेपालभ्युज

भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह
सांकेतिक तश्वीर

काठमाडौं। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ।

आइतबार  देशभर आंशिकदेखि सामान्य बदली रहने र तीनवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले यातायातसमेत प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले ध्यानाकर्षण गराएको छ।

आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved