चुनावका लागि दल दर्ता कहिले खुला हुन्छ?

निर्वाचन आयोगले केही दिनमै दल दर्ताको तयारी थाल्ने योजना बनाएको छ। सम्भवतः सोमबार वा मंगलबारभित्र प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको आह्वान हुने आयोगका पदाधिकारीहरूले बताए।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले केही दिनमै दल दर्ताको तयारी थाल्ने योजना बनाएको छ। सम्भवतः सोमबार वा मंगलबारभित्र प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको आह्वान हुने आयोगका पदाधिकारीहरूले बताए।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि फेरि आयोगमा दर्ता हुनुपर्ने व्यवस्था छ। दर्ता नभएका दलहरू निर्वाचनमा भाग लिन पाउँदैनन्। आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचनका लागि समेत दलहरूलाई आह्वान गर्छ। त्यसरी दर्ता भएका दलहरूको निर्वाचन चिह्न मात्रै समानुपातिकतर्फको मतदाता नामावलीमा प्रकाशित हुन्छ।

यसपालि निर्वाचनका लागि करिब १०५ दिनको समयावधि भए पनि निर्वाचन आयोगले करिब ३ महिना मात्रै पाउने देखिन्छ। किनभने यो बीचमा दशैंको एक साता र तिहारको केही दिन बिदाका बीचमा समेत निर्वाचनको तयारी गर्नुपर्छ। चाडबाडको बीचमा काम गर्नुपर्ने भएकाले आयोगले दशैंअघि समानुपातिक तर्फको बन्दसूचीको काम सक्ने गरी तयारी थाल्ने योजना बनाएको छ।

आयोगका एक सहसचिवका अनुसार, दल दर्ताको काम सकिए लगत्तै राजनीतिक दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन सार्वजनिक आह्वान हुनेछ। दलहरूले त्यसका लागि करिब दुई साताको अवधि पाउनेछन्।
समानुपातिकको सूची बुझाएपछि त्यसमा दावी विरोध, छानबिन र अरू काम गरेर घटस्थापना सेरोफेरोको समयमा अन्तिम नामावली (बन्दसूची) प्रकाशित गर्ने आयोगको योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved