दक्षिण सुडानमा थप दुई वर्षका लागि सङ्क्रमणकालीन सरकार रहने

नेपालभ्युज

दक्षिण सुडानमा थप दुई वर्षका लागि सङ्क्रमणकालीन सरकार रहने

जुबा, १९ साउन । दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन् ।

विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्क्रमणकालीन सरकारको अवधि लम्ब्याउनु परेको जनाइएको छ ।

झन्डै चार लाख नागरिकले युद्धमा ज्यान गुमाएपछि पाँच वर्षे गृहयुद्ध अन्त्य गर्न सन् २०१८ मा सम्झौता भएको थियो ।

मन्त्रिपरिषद् मामिला मन्त्रालयका मार्टिन एलिया लोमुरोले भने, ‘शान्ति सम्झौता कार्यान्वयनमा बाधा पुग्ने चुनौतीलाई सम्बोधन गर्न यो निर्णय लिइएको हो ।’

विश्वको सबैभन्दा कान्छो राष्ट्र, दक्षिण सुडानमा सन् २०२३ को फेब्रुअरीमा निर्वाचनसँगै सङ्क्रमणकालको समापन गर्न लागिएको थियो । तर, सरकारले अहिलेसम्म संविधानको मस्यौदा तयार गर्ने लगायतका सहमतिका मुख्य प्रावधान पूरा गर्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved