आलेख

यसकारण खतरामा छ फ्रान्स

आँधीमय पहिलो कार्यकालको अन्त्यपछि, उनले दोस्रो कार्यकाल सेवानिवृत्त उमेरलाई प्रतिस्पर्धात्मक बनाउने कडा नीति र बेरोजगारका सुविधाप्रति कठोर नीति अपनाएर सुरुवात गरेका थिए । आज उनको जनअनुमोदन दर ३० प्रतिशत वरिपरि, राष्ट्रपति जो बाइडनको भन्दा पनि कम छ ।

यसकारण खतरामा छ फ्रान्स

अब अगाडि जे होस्, यो आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा तल्लोस्तरको ‘जङ्गली जुवा’ हुनेछ ।

राष्ट्रपति इम्मानुअल म्याक्रोनको ‘नेशसन एसेम्बली’ भङ्ग गर्ने र नयाँ विधायकी निर्वाचन गराउने निर्णयले चरम दक्षिणपन्थीलाई दोस्रो विश्व युद्धकालको भिची शासनपछि फ्रान्सको शासनमा आउन सबैभन्दा राम्रो अवसर दिनेछ ।

राष्ट्रपति म्याक्रोनको निर्णयले देशको राजनीतिक वर्ग स्तब्ध छ । यस वर्गभित्र उच्च तहका म्याक्रोनवादी पनि छन्, जसलाई कथित रूपमा राष्ट्रपतिका योजनाको कडा सुरक्षा वृत्त मानिन्थ्यो ।

धेरै सर्वसाधारण फ्रान्सेलीका लागि भने यो निर्णय अन्योलपूर्ण छ । विशेषतः तिनका लागि जो चरम दक्षिणपन्थका कारण धेरै चिज गुमाउनुपर्ने अवस्थामा हुनेछन् । ती भनेका आप्रवासीका सन्तान र नयाँ आप्रवासी हुन् । उनीहरूका लागि यो एक प्रकारले डरलाग्दो समाचार हो ।

म्याक्रोनमा शास्त्रीय ज्ञानलाई बेवास्ता गर्ने बानी नै छ । उनलाई के लागेको छ भने यो कदमले उनलाई फाइदा हुनेछ । तर, हामी त्यो गल्ती नगरौँ, फ्रान्स अहिले खतरामा छ ।

राष्ट्रपति म्याक्रोनका थुप्रै आन्तरिक एजेन्डा धेरै अर्थमा पहिलेदेखि नै सङ्कटग्रस्त थिए । सन् २०२२ का विधायकी चुनावको परिणामले ‘नेशसन एसेम्बली’ मा उनको गठबन्धनलाई बहुमत दिएको थिएन ।

उनको गठबन्धन अन्य दलहरू नामै लिएरभन्दा दक्षिणपन्थी रिपब्लिकन्सको समर्थन खोज्न बाध्य थियो । यदाकदा सरकारले संसद्लाई नै पूरै बाइपास गर्नुपर्थ्यो । म्याक्रोन प्रशासन कुनै कामका लागि धेरै अर्थमा रिपब्लिकनको समर्थनमा निर्भर थियो ।

युरोपियन युनियनको आइतबार सम्पन्न निर्वाचनमा मारिन लिपेन नेतृत्वको नेसनल र्‍यालीले ऐतिहासिक विजय हासिल गरेको छ । उनको पार्टीले राष्ट्रपति म्याक्रोनको पार्टीले भन्दा दोब्बरभन्दा बढी ३१ प्रतिशत मत पाएको छ । यो अहिलेको परिपाटीलाई सिधै एक धम्की हो ।

नेशनल र्‍यालीले नेसनल एसेम्बली भङ्ग नहुँदै रिपब्लिकनका रुढीवादी मतदातालाई राष्ट्रपति म्याक्रोनलाई मौन समर्थनबापत् दण्डित गर्न दबाब दिइरहेका थिए । भङ्ग नगर्दा राष्ट्रपति ‘लेम डक’ बन्ने स्थिति बढेको थियो ।

नयाँ चुनावको घोषणा राष्ट्रपति म्याक्रोनले आफ्नो दोस्रो कार्यकालको बचाउका लागि गरेका हुन् । उनी यो विश्वास गरिरहेका छन् कि मतदाताले उनलाई नयाँ संसदीय बहुमत दिनेछन् ।

युवा र श्रमिक वर्गका मतदाता म्याक्रोनको राष्ट्रपतित्वप्रति खासै सहानुभूतिशील छैनन् । म्याक्रोनको आशा छ कि पुराना र धनी मतदाताले फेरि एकपटक उनको पक्षमा मतदान गर्नेछन् । वामपन्थी पार्टीहरूको लामो वैमनस्यता र चरम दक्षिणपन्थीहरू सत्तामा आउन सक्ने आम भयमा खेलेर स्थिति आफ्नो पक्षमा पार्न सक्नेछन् ।

तर, यो परिदृश्यभित्र राष्ट्रपति म्याक्रोनको दाउ हेर्ने बढो निन्दनीय तरिका क्रियाशील छ । दक्षिणपन्थी शक्तिको बढ्दो आकर्षणको निरन्तरता, उनीहरूले नयाँ मिडियाबाट प्राप्त गरिरहेको सहानुभूतिशील दृश्य र विधायकी प्रक्रियाका कतिपय अंश प्रेरणादायी बन्दिँदा सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उनीहरूले जित्न सक्नेछन् ।

यस पृष्ठभूमिमा राष्ट्रपति म्याक्रोनको कार्यनीतिलाई आफ्नो पार्टीलाई सत्तामा बनाइराख्न एलिसी दरबारतिरको नेशनल र्‍यालीको यात्रालाई खल्बल्याउने प्रयासको रूपमा हेर्न सकिन्छ ।

अर्को शब्दमा भन्नुपर्दा यो पार्टीं संस्थापन पक्ष विरोधीलाई अस्तव्यस्त स्थितिबाट नीति निर्माणको वास्तविक यथार्थमा ल्याएर बृहत् गठबन्धनको सम्भावित अंश बनाउने लोभबाट चालिएको अन्तिम कदम हुन सक्दछ ।

यस सिद्धान्तअन्तर्गत नेशनल र्‍यालीले पूर्ण बहुमत प्राप्त गर्ने र आफ्नै प्रधानमन्त्री बनाउने सम्भावनालाई पनि एक प्रकारको त्यागका रूपमा स्वीकार गर्न लागिएको हुन सक्दछ । नेशनल र्‍यालीकी सभापति म्यारिन लिन पेनपछिका उदाउँदा तारा जोर्डन बर्डेला प्रधानमन्त्री हुनु बरु राम्रो मानिएको हुन सक्दछ ।

जुनसुकै कोणबाट होस्, म्याक्रोन र उनको पार्टीले घोषित चुनावबाट सहजता प्राप्त गर्न गाह्रो, लगभग असम्भव छ । किनकि गृष्मको चुनावमा म्याक्रोनको पार्टीले पराजयको पीडा भोग्नुपर्ने पर्याप्त कारण छन् ।

उदाहरणको लागि पहिलो कुरा, उनी अत्यन्तै अलोकप्रिय भइसके । अधिकांश जनताको दृष्टिकोणमा उनी धनीको पक्षमा काम गर्ने पहुँच बाहिरको नेता सावित भइसकेका छन् । विगत दुई वर्षयता उनका कुनै पनि सवालले समर्थन पाएका छैनन् ।

आँधीमय पहिलो कार्यकालको अन्त्यपछि, उनले दोस्रो कार्यकाल सेवानिवृत्त उमेरलाई प्रतिस्पर्धात्मक बनाउने कडा नीति र बेरोजगारका सुविधाप्रति कठोर नीति अपनाएर सुरुवात गरेका थिए । आज उनको जनअनुमोदन दर ३० प्रतिशत वरिपरि, राष्ट्रपति जो बाइडनको भन्दा पनि कम छ ।

अझ अर्को कुरा, फ्रान्सको तथाकथित गणतन्त्रवादी मोर्चा, मतदाता र दलहरू चरम दक्षिणपन्थी शक्तिले लिने जुनसुकै उम्मेदवारलाई समर्थन गर्न सामेल हुने परम्परा छ, जो यीनको मृत्युको चङ्गुल हो ।

यस्ता थुप्रै कुराको जिम्मेवारी अहिले म्याक्रोनमाथि छ । उनी र उनका गठबन्धन साझेदारले विगतका विधायकी चुनावमा नेशनल र्‍यालीका विरुद्ध वामपन्थी उम्मेदवारहरूलाई एकमुष्ट समर्थन गरेका थिएनन् । तसर्थ यसपटक वामपन्थी मतदाता म्याक्रोनिष्टहरूको वरिपरि निस्केलान् भनेर आशा गर्न सकिने ठाउँ कम छ ।

उनको सरकारले नागरिक स्वतन्त्रतामाथि कडाइ गरेको छ । प्रगतिशील पक्षलाई गाली गरेको छ । म्यारिन लि पेनले ‘वैचारिक विजय’ भनेर खुसी व्यक्त गरेको आप्रवासन विधेयक पारित गरेको छ ।

अब उनी नाजी पार्टीको अर्ध-सैन्य बलका एक पूर्वअधिकृतको औपनिवेशिक नोस्टाल्जियाको भावनाबाट स्थापित पार्टीलाई सरकारको साँचो हस्तान्तरण गर्ने सम्भावनालाई स्वीकार गर्न इच्छुक देखिएका छन्, जो बर्बादीको प्रलयका लागि कुख्यात थिए ।

धेरै मतदाता अहिले यो सोच्दैछन, यदि राष्ट्रपति म्याक्रोनले आफैँ चरम दक्षिणपन्थीलाई समायोजन गर्ने सोच बनाइसकेका छन् भने यो गणतान्त्रिक मोर्चाको अर्थचाहिँ के हो ? रिपब्लिकन नेता एरिक सियोटीले नेशनल र्‍यालीलाई गठबन्धनका लागि आह्वान गर्दा नै यस प्रश्नको उत्तर आए जस्तो लाग्छ ।

यसबापत् सिओटीले पार्टीभित्र व्यापक हप्कीदप्की खानुपरेको थियो । उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । तर, पनि उनी यो ज्वारभाटमा अझै खेलिरहेका छन् ।

चुनावमा नेशनल र्‍यालीले अन्य दलले भन्दा बढी भोट ल्याउने अपेक्षा गरिएको छ । विचारको सङ्घर्षमा त यो पार्टी सधैँ अगाडि थियो । त्यसका अतिरिक्त आइतबारको इयु संसद्को चुनावबाट यसले यो सिद्ध गर्‍यो कि चुनावी मैदानमा उच्च प्रतिस्पर्धाका बीच आफ्नो आधार कायम राख्न यो सक्षम छ ।

यसले सम्भावित गठबन्धन रिकन्क्वेष्टबाट पनि फाइदा उठाउने सक्नेछ । रिकन्क्वेष्ट अझ बढी दक्षिणपन्थी अतिवादी पार्टी हो, जसले ‘नश्लीय पूर्वाग्रह’ विरुद्ध लड्न ‘महान प्रतिस्थापन’ षड्यन्त्र सिद्धान्त अँगालेको छ ।

तर, यहाँनेर एक ‘जङ्गली जुवाको तास’ छ । जब राष्ट्रपति म्याक्रोनले फ्रान्सका ४ मुख्य वामपन्थी दलसँग संयुक्त शक्ति हुने सम्भावनालाई खारेज गरेको देखियो, तब उनीहरूले २४ घण्टाभित्रै आफ्नो त्यस्तो लक्ष्य घोषणा गरे ।

ती दलले अबउप्रान्त प्रत्येक विधायकी निर्वाचनमा ‘न्यू पपुलर फ्रान्ट’ को नाममा प्रत्येक निर्वाचन क्षेत्रमा एक मात्र साझा उम्मेदवार उठाउने लक्ष्य बनाएका छन् । यस्तो गठबन्धन सन् १९३६ यता कहिल्यै बनेको थियो । त्यो समय उनीहरू फासीवादको भयका बीच एकीकृत भएका थिए ।

फ्रान्सेली वामपन्थी शक्तिहरू एक भए भने के हुन्छ ? त्यसको परिणाम भर्खरैको विधायकी निर्वाचनले प्रदर्शन गरेको छ । सन् २०२२ को निर्वाचनमा करिब यस्तै प्रकारको गठबन्धनले नेशनल र्‍यालीलेभन्दा धेरै सिट जितेको थियो । धेरै निर्वाचन क्षेत्रमा म्याक्रोन गठबन्धनका उम्मेदवारलाई पराजित गरेको थियो ।

यसपटक वामपन्थी पार्टीहरूले म्यारिन लिपेन र जोर्डन बर्डेलाको अधिक विरोधबाट थप फाइदा लिन सक्नेछन् । वामपन्थको बलियो प्रदर्शनले चुनावी अभियानको रङ्ग बदल्न सक्दछ । यस्तो चुनौतीसामु कम्तीमा कुनै अति दक्षिणपन्थी शक्तिले एक्लै सत्तामा पुग्ने सहज बाटो पाउँदैन ।

सन् २०१७ मा एक उम्मेदवारका रूपमा म्याक्रोनले नेशनल र्यालीको समर्थनमा ऊर्जा दिइरहेको ‘आक्रोश उन्मूलन’ गर्ने आफ्नो अभिप्राय घोषणा गरेका थिए । आज ७ वर्षपछि यो भन्नु नै बढी सुरक्षित कुरा हो कि उनी असफल भएका छन् ।

म्याक्रोनलाई इतिहासले सम्झिने अरु धेरै कारण हुन सक्दछन् तर, अब अति दक्षिणपन्थीको सैद्धान्तिक प्रतिद्वन्द्वी भने उनी रहेनन् । बरु उनी दिनलाई बढावा दिने एक ‘सक्षम लापरवाहीकर्ता’ भने बनेका छन् ।

(लेखक पेरिस स्थित पत्रकार हुन् । फ्रान्सको पछिल्लो राजनीतिक माहोल बुझ् सजिलो होस् भनेर यो आलेख द न्यूओर्क टाइम्सबाट अनुवाद गरिएको हो)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved