नेपालमा तिब्बत कसरी सिचाङ हुन पुग्यो ?

नेपालमा तिब्बत कसरी सिचाङ हुन पुग्यो ?

२०८१ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा नेपालले पहिलो चोटी तिब्बतको सट्टा चिनियाँ शब्द ‘सिचाङ’ प्रयोग गर्‍यो । चीनले तिब्बतको पुन:नामकरण गरेर सिचाङ भनेर बोलाउन थालेको धेरै भएको छैन । नेपालले संयुक्त वक्तव्यमा सिचाङ प्रयोग गरेर चीनलाई रिझाउनका निम्ति मात्रै प्रयोग भएको होला भन्ने मलाई लागेको थियो । उक्त शब्द चलनचल्तीमै प्रयोग हुन्छ भन्ने लागेको थिएन, मेरो बुझाइ गलत रहेछ ।

यस वर्षको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)  को संस्करणमा तिब्बतको सट्टा सिचाङ प्रयोग भयो । त्यति मात्रै होइन, सिचाङ फिल्म पानोरोमाअन्तर्गत चीनको प्रचार गर्ने चलचित्र  पनि प्रस्तुत भयो । किम्फलाई चीन, स्वीस एड, ब्रिटिस काउन्सिल, युनिसेफ, अस्ट्रेलियन राजदूतावासलगायतका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहयोग गरेका थिए ।

सिचाङ शब्दको प्रयोगले तिब्बतीहरू स्वाभाविक रूपमा आक्रोशित भए । चीनले तिब्बत शब्दलाई प्रतिस्थापन गर्न राजनीतिक रूपमा लादेको शब्द हो सिचाङ । चीनको कदमलाई तिब्बतीहरूले आफूहरूको संस्कृति मेट्ने प्रयास भनेका छन्, र यसको विरोध विश्वभरि गरिरहेका छन् ।

तिब्बती इतिहासविद् छिरिङ शाक्य लेख्छन्, ‘‘सिचाङ’ धेरैपछि छिङ राजवंशको पालामा सम्भवत: मान्चु शब्द ‘वार्गी जाङ’ को गलत अनुवाद भएर देखा परेको हो । छिङ कागजातहरूमा कहिलेकाहीँ ‘वेजाङ’ भनेर प्रयोग गरिन्थ्यो, जुन तिब्बती शब्द उ-त्साङ (मध्य तिब्बत) बाट आएको हो, तर ‘सिचाङ’ बिस्तारै चिनियाँ आधिकारिक रेकर्डहरूमा मानक शब्द बन्यो ।’

तर, यो आलेख तिब्बत र तिब्बतीहरूबारे होइन । यो आलेख नेपाल र नेपालीहरूको चीन र तिब्बतप्रतिको नैतिक लचिलोपनबारे हो । यो लचिलोपन नेपाल सरकारमा मात्रै देखिँदैन, सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवीहरूमा पनि तिब्बत र चीन मामिलामा कुरा गर्दा स्वनियमन गरेको पाइन्छ ।

किम्फमा तिब्बतलाई सिचाङ उल्लेख गर्दादेखि सगरमाथा संवादलाईचो मोलुङ्गमा डाइलग भन्दासम्म त्यसको समाचारसमेत पढ्न पाइएन । यस्तो परिस्थिति कहाँबाट उत्पन्न भयो ?

जस्तै, नेपालले सगरमाथा संवाद आयोजना गरेको थियो । चीनका प्रतिनिधिले उक्त कार्यक्रमप्रति सामान्य शिष्टाचारविरुद्ध सगरमाथा संवादलाई चोमोलुङ्ग डाइलग भनेर सम्बोधित गरे । किम्फमा तिब्बतलाई सिचाङ उल्लेख गर्दादेखि सगरमाथा संवादलाई चोमोलुङ्गमा डाइलग भन्दासम्म त्यसको समाचारसमेत पढ्न पाइएन । यस्तो परिस्थिति कहाँबाट उत्पन्न भयो ?

धेरै पश्चिमाहरू नेपाल र तिब्बतलाई निकै निकट छिमेकी मान्छन् । बौद्धधर्मावलम्बी दुवैतर्फ रहेको, दुवैले एकै भगवान पुज्ने भएकले उनीहरू नेपाल र तिब्बतलाई निकै निकट मान्दछन् । जनगणतन्त्र चीनले पर्यटकहरूलाई तिब्बत भ्रमणमा रोक लगाएसँगै मानवशास्त्री मार्क लिचिले नेपाललाई छायाँ तिब्बत भन्यो भनेर लेखेका छन् । हुन पनि हो, पर्यटकहरूले तिब्बती पठार नउक्लिएरै त्यहाँको संस्कृति, भिक्षु, मठ, ध्यान, थांका आदिको आनन्द नेपालमै पाउने भएकाले उनले यस्तो तर्क गरेका थिए । तर, पश्चिमाहरूको यो विश्वासमा एक ऐतिहासिक भ्रम छ ।

तिब्बत वरपरका हिमाली क्षेत्रका बासिन्दा र त्यहाँ लामो समय व्यापार गरेका नेवारबाहेक नेपाल राज्य र समाज तथा  तिब्बतबीच ऐतिहासिक घनिष्ठ सम्बन्ध थिएन । विभिन्न मुद्दामा नेपाल र तिब्बतबीच धेरैपटक युद्ध भएका थिए । तिब्बतमा नेपालीहरूले अतिरिक्त संप्रभुताको आनन्द लिए । नेपाली व्यापारीहरूको प्रभुत्व सधैँभरी विवादको विषय बन्यो । यो विवाद सामाजिक सम्बन्धमा पनि झल्कियो । मुलुकी ऐन १९१० मा तिब्बती मुलुका र हिमाली क्षेत्रका बासिन्दालाई भोटे र मतवाली भन्दै दासयोग्य ठानियो ।

नेवार र तिब्बतीहरूलाई जोड्ने तन्तु धर्म र व्यापार नै थियो । जब सन् १९५० देखि व्यापार बन्द भयो, तब तिब्बत र नेपाबलीचको सम्पर्क टुट्यो । नेपालमा तिब्बती शरणार्थीको आगमन, त्यहाँको विद्रोह र नेपालमा रहेका तिब्बतीहरूलाई प्राप्त वैदेशिक सहयोगपछि तिब्बत र नेपालबीचको सम्बन्ध थप प्रभावित बन्यो ।

आजको दिनमा मुख्य कुरा के हो भने, तिब्बतप्रति चीनको चासो र सुरक्षा चिन्तालाई नेपालले सधैँ सम्मान गर्दै आएको छ । आधुनिक सम्बन्धको सुरूवातदेखि नै नेपालले तिब्बतलाई चीनको सार्वभौम हिस्सा मान्दै आएको छ । नेपालले तिब्बती शरणार्थीहरूलाई फिर्ता पठाएको छ । राजा ज्ञानेन्द्रको बेला दलाई लामाको कार्यालय बन्द गरियो भने, गणतन्त्रमा तिब्बतीहरूको राजनीतिक र सांस्कृतिक गतिविधिमा प्रतिबन्ध पनि लगाइयो । यस्तै, तिब्बतीहरूलाई ‘डिपोर्ट’ गर्दै उनीहरूबारेका अनुसन्धान र मिडिया कभरेजमा पनि कडाइ गरियो ।

चीनलाई त्यति ले पुगेन । चिनियाँपक्षकाे जोडमा अझै पनि तिब्बत चीनकै सार्वभौम हिस्सा हो भनी नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने वक्तव्य हाम्रा नेताहरू दिइरहेका हुन्छन् |

तर, चीनलाई त्यति ले पुगेन । चिनियाँपक्षकाे जोडमा अझै पनि तिब्बत चीनकै सार्वभौम हिस्सा हो भनी नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने वक्तव्य हाम्रा नेताहरू दिइरहेका हुन्छन् | तिब्बत मुद्दालाई चीनले आफ्नो ‘न्यारेटिभ’ लाई स्वीकार्य बनाउन नेपालमा आफ्नै शब्दावली भित्र्याएको छ ।नेपालले आफ्नो सार्वभौमसत्ताको क्षय नगरी चीनको माग कहिले सम्म पूरा गर्न सक्छ ?

चीनले तिब्बत नाम एभरेष्टझैँ औनिवेशक रहेको तर्क गर्छ । यदि त्यसो हो, भने चिनियाँ प्रतिनिधि सगरमाथा संवाद भन्न किन हिच्किच्याए ? सगरमाथा त नेपाली नाम हो, औपनिवेशिक हैन । उनीहरूले किन चोमोलुङ्गमा संवाद भने ? यस्तै, नेपालले तिब्बतलाई हजारौं वर्षदेखि भनी आएको भोट किन भन्न नपाउने ? भोट र सगरमाथा चिनियाँ नाम नभएकाल नै हो ?

स्वनियमनकै कुरा गर्दा, सन् २०२४ मा चीनले गोर्खाको सीमा क्षेत्रबाट दुई नेपालीलाई नियन्त्रणमा लियो । मानवतस्करीको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । तीमध्ये एक जनालाई चीनले हालसालै रिहा गरेको छ । हिमाली भेगका बासिन्दालाई सोध्यो भने चीनको उत्कर्ष अतिरिक्त सीमापार गतिविधिहरू सामान्य जस्तै भैसकेको छ । तर, कुनै पनि मिडियाले चीनको यस्तो गतिविधबारे अनुसन्धान गरेको छैन । यस्तै, किम्फमा सिचाङ समान्यीकरण गर्दा पनि कसैले प्रश्न उठाएनन् ।

हामी यो भन्न सक्दैनौं कि नेपालसँग चीनको सम्बन्धमा स्वायत्तता छैन । किनभने चिनियाँ चासो र दबाबका बीच पनि बीआरआईमा विलम्ब भइरहेका थिए । हिमाली सीमाना र तिब्बतप्रति भने यो हदको लचिलोपनको कारण के हो ? के यो नेपालको वामपन्थी झुकाव, तिब्बतसँगको इतिहास, वा स्वनियमनलाई प्रोत्साहन गर्ने चिनियाँ प्रभाव ले गरेर हो ?

कारण जेसुकै होस्, किम्फ र सिचाङ शृंखलाबाट के संकेत मिल्छ भने, भविष्यमा तिब्बत नेपालको स्मृतिमा मात्रै रहनेछ । सिचाङले त्यसको ठाउँ ओगटिसकेको छ ।

मुल्मी ‘अल रोड्स लिड नर्थ: नेपाल्स टर्न टु चाइना’ पुस्तक का लेखक हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved