टी -२० विश्वकप क्रिकेट : नेपालले गुमायो एकै ओभरमा २ विकेट

नेपालभ्युज

टी -२० विश्वकप क्रिकेट : नेपालले गुमायो एकै ओभरमा २ विकेट
Photo Courtesy: ICC

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललले एकै ओभरमा २ विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल डकआउट भएका हुन्। यसअघि कुशल भूर्तेल १३ रनमा आउट  भए।

७ ओभरको दोस्रो बलमा कुशल र चौथो बलमा रोहित आउट भए। दुवैलाई तबरेज शम्सीले आउट गरे।

नेपालले ७.५ ओभरमा २ विकेटको क्षतिमा ३५ रन बनाएको छ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved