रुसको जफत गरिएको सम्पत्ति युक्रेनलाई प्रयोग गर्न दिने जी सेभेन राष्ट्रको निर्णय

नेपालभ्युज

रुसको जफत गरिएको सम्पत्ति युक्रेनलाई प्रयोग गर्न दिने जी सेभेन राष्ट्रको निर्णय

काठमाडौं । जी–सेभने राष्ट्रहरूको शिखर सम्मेलनमा युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्ने सहमति भएको छ ।

सम्मेलनले यो रकम युक्रेनलाई प्रयोग गर्न दिने अनुमति दिएको हो । यो निर्णयसँगै जी सेभेमा आवद्ध राष्ट्रले रुससँगको युद्धमा पछि नहट्ने संकेत गरेका हुन् । उनीहरुको यो निर्णयलाई रुसले भने परिणाम धेरै दर्दनाक हुने प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, “यो रुसका निम्ति अर्को चेतावनी हो कि हामी पछि हटिरहेका छैनौँ ।” जवाफमा रुसले यसको परिणाम ‘धेरै दर्दनाक’ हुने चेतावनी दिएको छ ।

युक्रेनको दीर्घकालीन विकासका लागि यो रकम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । इटालीमा जारी जी–७ को शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका निम्ति दुईपक्षीय सुरक्षा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । युक्रेनले यो सम्झौतालाई ऐतिहासिक भनेको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि युरोपेली संघका साथै जी–७ ले लगभग ३२५ अर्ब डलर मूल्यको रुसी सम्पत्ति ‘फ्रिज’ गरिदिएको छ । यो सम्पत्तिले हरेक वर्ष तीन अर्ब डलर ब्याज आर्जन गरिरहेको छ ।

जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समेत सात सदस्य राष्ट्र छन् । इटाली जी–७ को अध्यक्ष छ ।

विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३० प्रतिशत जी–७ राष्ट्रले ओगटेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिका रूपमा यसपालि शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ । बीबीसी हिन्दीबाट ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved