इन्जिनमा समस्या देखिएपछि श्री एअरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित

नेपालभ्युज

इन्जिनमा समस्या देखिएपछि श्री एअरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित
फाइल तस्वीर

काठमाडौं। श्री एअरलाइन्सको जहाजमा समस्या देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको जहाजको केहिबेरमा बायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले नेपालगञ्ज विमानस्थललाई जानकारी गराएका थिए । जहाजको इन्जिनमा समस्या देखिएकाले नेपालगञ्ज विमानस्थलमा आपत्कालिन सबै प्रक्रियालाई दुरुस्त अवस्थामा राखिएको थियो ।

जहाजमा रहेका चालक दलका सदस्यसहित सबै ७९ जना सुरक्षित रहेको श्री एअरलाइन्सका प्रवन्धक अनिल मानन्धरले नेपाल भ्युजलाई जानकारी दिए ।

काठमाण्डौबाट विज्ञको टोली नेपालगञ्ज जाने तयारीमा रहेको र टोलीले हेरेपछि विस्तृत कुरा थाहा हुने मानन्धरले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved