ताइवान वरपर चीनको व्यापक सैन्य अभ्यास, २७ वटा लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश

नेपालभ्युज

ताइवान वरपर चीनको व्यापक सैन्य अभ्यास, २७ वटा लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश

काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पेलोसीको विवादित भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यासको तयारी गरिरहेको छ ।

चीनले आफ्नै प्रान्त मान्दै आएको ताइवानमा अमेरिकी सभामुख पेलोसीले भ्रमण गरेपछि चीनले त्यसको जवाफमा पाँच दिनको व्यापक सैन्य तयारी गरेको छ । तालिम आजदेखि सुरु हुँदैछ ।

पेलोसीको भ्रमणको जवाफमा पाँच दिनको आवश्यक र उचित सैन्य अभ्यासको घोषणा गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
२७ वटा चिनियाँ लडाकु विमानहरुले तालिम अघि नै आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेर सीमा मिचिसकेको ताइवानले दाबी गरेको छ ।
चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र लामो दुरीको लाइभ गोलाबारुद शूटिङ समावेश गर्ने बताएको  छ।

ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ र छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको छ ।
ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले देशले चीनले जानीजानी बढाएको सैन्य खतरा को सामना गरिरहेको बताएकी छिन् ।

तनाव बढ्दै गएपछि धनी देशहरुको संगठन जी सेभेनका देशहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै  चीनको बढ्दो तनावले यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका छन् ।
एक विधायकले ताइवानको भ्रमण गर्नु सामान्य विषय भएकाले चीनले यसलाई उचालेर सैन्य अभ्यास र आक्रमणको धम्की दिनु उचित नभएको उनिहरुले जनाएका छन् ।

पेलोसीको ताइवान भ्रमणलाई चीनले कडा विज्ञप्तीमार्फत आपत्ति जनाएको छ । अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको आरोप लगाउँदै चिनियाँ विदेशमन्त्री वाङ यी ले आगोसँग खेल्नेहरुको अन्त्य हुने र चीनलाई अपमान गर्नेहरुलाई उचित दण्ड दिइने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved