यो वर्ष भारतलाई १६ अर्बको विजुली बेच्ने योजना छ : कुलमान घिसिङ

नेपालभ्युज

यो वर्ष भारतलाई १६ अर्बको विजुली बेच्ने योजना छ : कुलमान घिसिङ

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्ष भारतमा १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने तयारी रहेको बताएका छन् ।

गत वर्ष ५ अर्बको विजुली बेचेको भन्दै घिसिङले यो वर्ष तीन गुणा बढी निर्यात गर्ने बताएका हुन् । आर्थिक पत्रकार समाजले गरेको कार्यक्रममा उनले भने ‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, विगत एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं । यो वर्ष १६ अर्ब भन्दा बढीको निर्यात गर्छौं ।’

विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने बताए । सामान्य समस्या हुँदा पनि ठुलो मुद्धा बनाउने गरिएको भन्दै घिसिङले असन्तुष्टि जनाए । उनले उद्योगहरुले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै त्यसका लागि प्रशारण लाइन र सबस्टेशन थपिइरहेको पनि जनाए ।


Comment

One thought on “यो वर्ष भारतलाई १६ अर्बको विजुली बेच्ने योजना छ : कुलमान घिसिङ

  1. हामी पहिला हाम्रो घर मा आगो नबाली छिमेकी को घरमा आगो बाल्न कहिले सक्दैनौं पर्याप्त मात्रा मा नेपाल मै बति को सुविधा छैन अनि भारत मा बेच्ने यो कस्तो खेल हजुर मेरो गाउँ मा अझै बिजुली आएको छैन ठूला भनाउदा हरुको घर मा बिजुली छ तर हाम्रो खै अझै कहिले आउने हो थाहा नै छैन मेरो घर को बाटो भएर लाइन गएको छ तर पनि मेरो समाजमा लाइन छोडेको छैन यो कस्तो नियति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved