मुगु र जुम्लाको सिमानामा बस दुर्घटना, एकको मृत्यु

नेपालभ्युज

मुगु र जुम्लाको सिमानामा बस दुर्घटना, एकको मृत्यु

सुर्खेत । सुर्खेतबाट मुगुका लागि छुटेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु.१ ज ३७५४ नम्बरको जिप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार बिहान भएको जिप दुर्घटना चालक दलबहादुर बुढा घाइते भएको चालक सख्त घाइते भएका र बुढालाई उपचारका लागि जुम्ला लगिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

मृतक तिरुवा छायाँनाथ रारा नगरपालिका–२ तलितुम तिरुवाबाडा गाउँकाे बासिन्दा रहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved