जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको हो।

नेपालभ्युज

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत। सुर्खेतबाट मुगुका लागि छुटेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको हो।

आइतबार बिहान भएको जिप दुर्घटना चालक दल बुढा घाइते भएको  चालक शक्त घाइते भएका र बुढालाई उपचारका लागि जुम्ला लगिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।

मृतक तिरुवा छायाँनाथ रारा नगरपालिका–२ तलितुम तिरुवाबाडा गाउँ रहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved