माओवादीको स्थायी समिति बैठक आज, जनार्दन शर्माको विषयमा निर्णय हुने

बैठक दिउँसाे ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । 

नेपालभ्युज

माओवादीको स्थायी समिति बैठक आज, जनार्दन शर्माको विषयमा निर्णय हुने

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ । बैठक दिउँसाे ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।

आजको बैठकबाट पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने तयारी रहेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । यस्तै,  पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई फेरी अर्थमन्त्रीको जिम्मेवारी दिने कि नदिने भन्ने निर्णय हुने सम्भावना पनि छ ।

संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि माओवादीले शर्मालाई फेरी मन्त्री बनाएर पठाउने अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved