४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालभ्युज

४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ गरि कुल ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसंगै देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या चार हजार ३६९ पुगेकोे छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved