लुम्बिनी प्रदेश : ट्राफिक कारबाहीबाट २८ करोड राजस्व संकलन

नेपालभ्युज

लुम्बिनी प्रदेश : ट्राफिक कारबाहीबाट २८ करोड राजस्व संकलन
फाइल तस्वीर

काठमाडौै।  लुम्बिनी प्रदेश ट्राफिक कार्यालय, बुटवलले आर्थिक वर्ष २०७८/०७९ मा  झण्डै तीन गुणाले राजस्व वृद्धि गरेको छ । कार्यालयले दिएको तथ्यांकअनुसार उक्त आर्थिक वर्षमा २८ करोड ८९ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

उक्त राजस्व आर्थिक वर्ष २०७६/०७७ को भन्दा तीन गुणाले धेरै हो । आव २०७६/०७७ मा एक लाख ७० हजार ९२७ वटा सवारी कारबाहीमा १० करोड ६१ लाख आठ हजार ५०० रुपैयाँ संकलन भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा दुई लाख ८६ हजार ३६९ वटा सवारी कारबाहीमा १९ करोड १२ लाख ४२ हजार ५०० राजस्व संकलन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved