बजेट निर्माण प्रकरण

तत्कालिन अर्थमन्त्री शर्माले सफाइ पाउने निश्चित, संसदीय समितिले भेटेन अनियमितताको प्रमाण

एमाले सांसदको फरक मत

नेपालभ्युज

तत्कालिन अर्थमन्त्री शर्माले सफाइ पाउने निश्चित, संसदीय समितिले भेटेन अनियमितताको प्रमाण

काठमाडौं । करका दर हेरफेर गर्न अनधिकृत मानिस प्रवेश गराएको आरोपबाट तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाउने देखिएको छ ।

उक्त आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले कुनै प्रमाण फेला पार्न नसकेपछि शर्मा निर्दोष सावित हुन लागेका हुन् ।

समितिले पछिल्लो पटक थपिएको समय सकिन एकदिन अगावै छानबिनको प्रतिवेदन तयार पारेको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ ।

यसमा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले फरक राय दिएका छन् ।

खगराज अधिकारी, भानुभक्त ढकाल लगायतका एमाले सांसदले फरक राय राखेका थिए । बैठकपछि खगराज अधिकारीले कतिपयमा सर्वसम्मती र कतिपयमा फरक राय दिएको बताए ।

फरक मत राखेर तयार पारिएको प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ । प्रतिवेदन सार्वजनिक भएपछि शर्मालाई फेरी अर्थ मन्त्रालय फर्कने बाटो खुल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved