काठमाडौंको फोहोर भोलिदेखि उठ्ने

नेपालभ्युज

काठमाडौंको फोहोर भोलिदेखि उठ्ने

काठमाडौं। केही दिनदेखि रोकिएको फोहोर काठमाडाैँ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ। महानगरपालिकाले आज एक सूचना निकालेर भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन शुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न अनुरोध गरेको छ ।
बञ्चरेडाँडासम्म फोहोर लैजाने  सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ।

केही दिनअघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो।
आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाण्डौ महानगरले धन्यवादसमेत दिएको छ ।

आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved