बैठकमा मास्क लगाएर उपस्थित हुन सांसदलाई सभामुखको निर्देशन

नेपालभ्युज

बैठकमा मास्क लगाएर उपस्थित हुन सांसदलाई सभामुखको निर्देशन
फाइल तस्वीर

काठमाडौ‌ं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमितको संख्या बढेको भन्दै मंगलबारको बैठकमा सभामुख सापकोटाले उपस्थित हुँदा मास्कसहित आवश्यक स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा सभामुख सापकोटाले भने,  ‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीयलाई जानकारी नै छ । अबदेखि बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउँदै मास्क प्रयोग गर्न आग्रह गर्दछु’

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved