१४ बुँदे घोषणा पत्र जारी गदैँ धामी झाँक्री सम्मेलन सकियो

नेपालभ्युज

१४ बुँदे घोषणा पत्र जारी गदैँ धामी झाँक्री सम्मेलन सकियो

काठमाडौं। कैलालीको धनगढीमा मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदैँ सम्पन्न भएको छ। सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ।

शनिबार सकिएको सम्मेलन महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकोले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन्।

धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरूमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको ’दयगतमा सू–सूचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीहरूलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने सो घोषणापत्रमा भनिएको छ।

प्रदेश तथा पालिकासँग समन्वय गरेर समुदायमा मर्यादित महिनावारी सम्बन्धी जनचेतना जगाउने, तालिम, गोष्ठी, सडकनाटक, पोस्टर, पम्प्लेट आदिका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, पालिकाले धामी–झाँक्री, अभियन्ता, पत्रकारहरूलाई मर्यादित महिनावारीको प्रचार प्रसार गर्न परिचालन गर्नुपर्ने भन्ने छ।

बिहिबारदेखि शुरु भएको मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलन शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले समापन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved