माओवादी र समाजवादीलाई भट्टराईको आग्रह : साथीहरू नर्ककुण्डबाट फर्किनुस्

नेपालभ्युज

माओवादी र समाजवादीलाई भट्टराईको आग्रह : साथीहरू नर्ककुण्डबाट फर्किनुस्

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई सत्ता गठबन्धन छाडेर फर्किन आग्रह गरेका छन्।

मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले गरेको अन्तरक्रियामा एमाले सचिव भट्टराईले अहिलेको सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा दिँदै त्यताबाट स्वर्ग नपुगिने तर्क गरे।

विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोड्नुपर्ने भन्दै उनले भने, “कसले के गर्‍यो भनेर धेरै पछाडि नफर्कौं। कसले के गर्‍यो भन्नेमा गयौं भने एक अर्कालाई चिर्थोछौं र घाइते बनाउँछौं। त्यसैले अगाडि कसरी जाने सोचौं। कांग्रेससँगको गठजोडको नर्ककुण्डबाट फर्किनुपर्छ।”

उनले अघि भने, ‘स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो। गोजीमा अर्को ठेगाना भयो भने अन्त गइन्छ। आजकाल जीपीएस किन लगाइन्छ भने यसले ठिक ठाउँमा लान्छ। त्यसकारण माओवादी साथीहरू र समाजवादीले जीपीएस लगाउनुपर्‍यो। बाटो फर्किनुपर्‍यो, सँगसँगै हुँदै जाऔं।”

देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको र, त्यो वामपन्थी आन्दोलन मात्र भएको उनले दाबी गरे। “त्यो सामर्थ्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो। कम्युनिष्ट आन्दोलन हो, अरूले सक्नेवाला छैनन्,” भट्टराईले भने, “त्यो शक्तिले नै हाम्रा छिमेकी हुन् चाहे हाम्रा टाढाका मित्रहरू हुन्। तिनीहरूसँग आँखा जुधाएर बोल्न सक्छन्। तिमीसँग हामी यति सहयोग लिन्छौं, यति लिन्नौं। तिम्रो यो शर्त मान्छौं, यो शर्त मान्दैनौं भन्न सक्छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved