माओवादीलाई पेल्न खोजेको भन्दै सांसदले गरे बैठक बहिष्कार

‘‘सरकाले के माओवादीलाई लतारेर लैजान सकिन्छ भन्ने सोचेको हो ?’’

नेपालभ्युज

माओवादीलाई पेल्न खोजेको भन्दै सांसदले गरे बैठक बहिष्कार

सुर्खेत। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सभाको मंगलबारको बैठक बहिष्कार गरेको छ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले सत्ता साझेदार दलहरुलाई बेवास्ता गरेर माओवादी केन्द्रलाई पेल्न खोजेको भन्दै माओवादीका सांसदहरुले संसद् बहिष्कार गरेका हुन्।

संसद् र सत्ता साझेदार दलको बैठकमा अब उपस्थित नहुने माओवादी केन्द्रका सांसद गोपाल शर्माले बताए।

‘‘हाम्रो दलको मागलाई पूर्णरुपमा बेवास्ता गरिएको छ’’, उनले भने, ‘‘हाम्रो भागमा परेको अर्थ तथा स्रोत साधन समिति सभापतिको चुनाव अन्तिम अवस्थामा माथिको आदेश भन्दै किन रोकियो ? सरकाले के माओवादीलाई लतारेर लैजान सकिन्छ भन्ने सोचेको हो ?’’

सांसदले ल्याएका विधेयक निषेध गर्न खोजिएको उनको आरोप छ। उनले भने, ‘‘माओवादीका सांसदले ल्याएको विधेयक समेत प्रदेश सभामा निषेध गर्न खोजिएको छ। अब हाम्रो पार्टी सरकार तथा संसदीय दलको बैठकमा उपस्थित हुँदैन।’’

कर्णालीमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी सत्ता साझेदार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved