त्रिविसँग ११ बुँदे सहमतिपछि अनेरास्ववियूको अनशन स्थगित

नेपालभ्युज

त्रिविसँग ११ बुँदे सहमतिपछि अनेरास्ववियूको अनशन स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि आमरण अनशन बसेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले अनशन तोडेका छन्।

त्रिवि वार्ता समितिसँग सोमबार ११ बुँदे सहमतिपछि पन्त र पराजुलीले अनशन तोडेका हुन्।

त्रिवि वार्ता समिति र अनेरास्ववियूबीच त्रिविले वार्षिक शैक्षिक कार्यतालिका बनाएर सार्वजनिक गर्ने र सोही अनुसार पठनपाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने सहमति भएको छ। यस्तै त्रिवि सेवा आयोगले वार्षिक कार्यतालिका तयार गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी नियमित रुपमा खुला विज्ञापन गर्ने कार्यका लागि सिफारिस गर्ने पनि सहमति भएको छ।

यस्तो छ त्रिवि वार्ता समिति र अनेरास्ववियूबीचको ११ बुँदे सहमति : 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved