गभर्नरमाथिको हमला कालो धनलाई सेतो बनाउने प्रयास : ज्ञवाली

सरकारले भ्रष्टाचार, कालोबजारी र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप उनले लगाए।

नेपालभ्युज

गभर्नरमाथिको हमला कालो धनलाई सेतो बनाउने प्रयास  : ज्ञवाली

काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउने प्रयास नै गभर्नरमाथिको हमला भएको टिप्पणी गरेका छन्।

गभर्नरलाई हटाउने यसअघिको प्रयास सफल नभएपछि अहिले विवाद निकाल्ने काम भएको उनले बताए। उनले सरकारकै कारण अहिले सबैभन्दा ठूलो समस्या उपभोक्तलाई परिरहेको बताए।

सरकार डरलाग्दो गरी बिचौलियाको नियन्त्रणमा जान थालेको आरोप उनले लगाए।

काठमाडौंमा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक बित्तिय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पुर्‍याएको बताए।

उनले वर्तमान सरकारको एक वर्ष देशको बबार्दीको बर्ष भएको तर्क गरे। सरकारले भ्रष्टाचार, कालोबजारी र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप उनले लगाए।

उनले अहिले मुलुकको प्रमुख आर्थिक सुचकहरू हेर्दा मुलुक अझै अप्ठेरोमा जाने देखिएको धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved