भारतीय पक्षको दाबी : मोदी-दाहालबीच भेट हुने तय भएको थिएन

माओवादी केन्द्रका नेताहरुले भ्रमणको तयारी केही अघिदेखि भएको दाबी गरे पनि दाहालको भारत भ्रमण अकस्मात भएको थियो। भने, भारतीय प्रधानमन्त्री मोदीसँग भेट गराउने प्रयास गर्ने भारतीय पक्षले बताएको नयाँ दिल्ली स्रोतको दाबी छ।

नेपालभ्युज

भारतीय पक्षको दाबी : मोदी-दाहालबीच भेट हुने तय भएको थिएन

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो भेट हुननसक्नुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनविज्ञता प्रकट गरे पनि मोदीसँग उनको भेटको कुनै कार्यसूची नै नभएको भारतीय पक्षले दाबी गरेको छ।

तीन दिने भारत भ्रमण सकेर १ साउनमा स्वदेश फर्किएर त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगै भारत भ्रमणका विषयमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुननसक्नुको कारणका विषयमा आफू अनविज्ञ रहेको बताएका थिए।

तर, भारतीय पक्षले भने मोदीसँग उनको भेट तय नभएको दाबी गरेको छ। भारत भ्रमणको निम्तो लिएर दाहाल निवास खुमलटार पुगेका भारतीय राजदूत नवीन श्रीनिवाससँग दाहालले मोदीसँग भेट हुने अवस्थामा मात्रै आफूले भारतको भ्रमण गर्ने बताएका थिए।

प्रधानमन्त्री मोदीसँग भेट गराउने व्यवस्था मिलाउने भारतीय पक्षबाट आश्वासन प्राप्त भएपछि मात्रै दाहालले अन्तिम समयमा आएर भारत भ्रमणमा जान स्वीकार गरेका थिए। ३१ असारमा भारत भ्रमणमा जानुअघि दाहालका स्वकीय सचिव रमेश मल्लले भनेका थिए, “भारतीय प्रधानमन्त्रीसँग भेट गर्ने निश्चित भएपश्चात् नै अध्यक्ष दाहालको भारत भ्रमण निश्चित भएको हो। भ्रमणको तयारी केही महीना अघिदेखि भएको थियो।”

यता भारतीय अंग्रेजी पत्रिका द प्रिन्टले पनि मोदी–दाहालबीचको भेट तय नभएको दाबी गरेको छ।

माओवादी केन्द्रका नेताहरुले भ्रमणको तयारी केही अघिदेखि भएको दाबी गरे पनि दाहालको भारत भ्रमण अकस्मात भएको थियो। भने, भारतीय प्रधानमन्त्री मोदीसँग भेट गराउने प्रयास गर्ने भारतीय पक्षले बताएको नयाँ दिल्ली स्रोतको दाबी छ।

“भ्रमणको तयारी हुँदा नै प्रधानमन्त्री मोदीसँग भेट गराउने प्रयास गर्ने बताइएको थियो, भेट नै हुन्छ भनेर हामीले बताएका थिएनौँ।” भारतीय पक्षले मोदी–दाहालबीच भेट गराउने प्रयास गर्ने बताए पनि माओवादी केन्द्रका नेताले भेट नै निश्चित भएका हिसाबमा प्रचार गरेका थिए।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्ष दाहाल ३१ असारमा भारततर्फ लागेका थिए। भारत भ्रमणका क्रममा दाहालले भाजपा अध्यक्ष नड्डासँगै भारतीय राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभल, भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश सचिव विनयमोहन क्वात्रा लगायतसँग भेट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved