काठमाडौं महानगरमा प्रवक्तामा मानन्धर

काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ। आइतबार बसेको  छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो।

नेपालभ्युज

काठमाडौं महानगरमा प्रवक्तामा मानन्धर

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ। आइतबार बसेको  छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो।

कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन्। साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए। बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ। चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ। यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved