भारतमा आज राष्ट्रपति पदको निर्वाचन

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुनेछ। २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

नेपालभ्युज

भारतमा आज राष्ट्रपति पदको निर्वाचन

काठमाडौं। भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुनेछ। २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।

२५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ।
राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved