नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ भन्छन् : उपचार नपाएर अब कसैको पनि ज्यान जान्न

नेपालभ्युज

नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ भन्छन् : उपचार नपाएर अब कसैको पनि ज्यान जान्न
फाइल फोटो

काठमाडौं। स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नेपालमा उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन नदिने बताएका छन्।

शनिबार काठमाडौंमा सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्यक्षेत्रको पूर्वाधारमा बिकास हुदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताए।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सबै प्रकारको तयारीमा सरकार जुटेको पनि उनको भनाइ थियो। भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणलाई प्रभावकारी बनाइने उनले बताए।

यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजनको अभाव भए पनि अब त्यस्तो हुन नदिने जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved