जिम्मेवारीपूर्वक पदीय दायित्व पूरा गर्छु : उपसभामुख भुसाल

संसद्‌का सबै पदले पूर्णता पाउनु संविधानका पक्षधर र लोकतन्त्रवादीका लागि खुशीको दिन भएको उनले बताइन्।

नेपालभ्युज

जिम्मेवारीपूर्वक पदीय दायित्व पूरा गर्छु : उपसभामुख भुसाल

काठमाडौं। नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छन्।

उपसभामुखमा विजयी भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदको निर्वाचनमा आफूले पदीय दायित्व पाएकाले जिम्मेवारपूर्वक काम गर्ने बताइन्। निर्वाचनसँगै संसद्‌का सबै पदले पूर्णता पाउनु संविधानका पक्षधर र लोकतन्त्रवादीका लागि खुशीको दिन भएको उनले बताइन्।

संवैधानिक परिषद्को सदस्यको रूपमा समेत आफूले इमान्दारीपूर्वक र समन्वयनकारी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved