उपसभामुखमा लोसपाले पुष्पा भुसाललाई समर्थन गर्ने

नेपालभ्युज

उपसभामुखमा लोसपाले पुष्पा भुसाललाई समर्थन गर्ने

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले आज हुन लागेको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा पुष्पा भुसाललाई समर्थन गर्ने भएको छ।

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज ३ बजे हुँदैछ।

निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छन्।

प्रतिनिधि सभामा लोसपाका १३ जना सांसद छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved