चिनियाँ नेता फर्किएलगत्तै म भारत जानु संयोग मात्र : प्रचण्ड

‘‘मेरो भारत भ्रमण तय हुनुअघि चिनियाँ नेता नेपाल आउने कुरा मलाई थाहा थिएन। उहाँ फर्कनु र म भारत जानु संयोग मात्र हो।’’

नेपालभ्युज

चिनियाँ नेता फर्किएलगत्तै म भारत जानु संयोग मात्र : प्रचण्ड
फाइल तश्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारत भ्रमणका लागि निस्किएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमण गरेर स्वदेश बुधबार फर्किएलगत्तै उनी भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। दाहाल भने चिनियाँ नेता फर्कनु र आफू भारत जानु संयोग मात्र भएको बताउँछन्।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भारत भ्रमण आकस्मिक नभएर पूर्वनिर्धारित नै भएको उनले बताए।

‘‘मेरो भारत भ्रमण तय हुनुअघि चिनियाँ नेता नेपाल आउने कुरा मलाई थाहा थिएन। उहाँ फर्कनु र म भारत जानु संयोग मात्र हो। उहाँ नेपाल आउनु र फर्कनुसँग मेरो भारत भ्रमणको कुनै सम्बन्ध छैन’’, उनले भने।

आफ्नो भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनेतर्फ केन्द्रित हुने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा हिँडेका हुन्। भ्रमणका क्रममा उनले भाजपा अध्यक्ष नाड्डासँग भेट गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुनेछ।

यस्तै भारतका राष्ट्रिय सुरक्षा सल्लाकार अजय डोभलसँग पनि दाहालको भेट हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved