यातायात कार्यालयबाट ६ जना बिचौलियाहरू पक्राउ

काठमाडौँको सानो भर्‍याङमा रहेको यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन्। छिटो काम गरिदिने भन्दै सेवाग्राहीलाई जबरजस्ती तानेर हैरानी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए।

नेपालभ्युज

यातायात कार्यालयबाट ६ जना बिचौलियाहरू पक्राउ

काठमाडौं। काठमाडौँको सानो भर्‍याङमा रहेको यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन्। छिटो काम गरिदिने भन्दै सेवाग्राहीलाई जबरजस्ती तानेर हैरानी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेमा उदयपुर घर भएका २४ वर्षीय अजय मगर, रौतहटका ३३ वर्षीय विश्व वल्लभ लामा, २४ वर्षका सुवास योञ्जन लामा छन्।

उदयपुरका वीर बहादुर मगर उर्फ सुरज, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी छन्। उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको अनुमति लिएर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved