स्कटल्याण्डले दियो १४५ रनको लक्ष्य

नेपालभ्युज

स्कटल्याण्डले दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ।

स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले। मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे। कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे। सोमपाल र आदिलले समान ३र३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा छ। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। यता स्कटल्याण्ड जारी प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो।

लिग दुई को अङ्क तालिकामा नेपाल १७ खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ। नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो। स्कटल्याण्ड २१ खेलमा ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved