यो आर्थिक वर्षसम्म बेरुजु करीब ५ खर्ब

नेपालभ्युज

यो आर्थिक वर्षसम्म बेरुजु करीब ५ खर्ब

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ सम्म सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ।

आर्थिक वर्ष २०७७/७८ को ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागत लेखापरीक्षणबाट औंलाइएको अद्यावधिक बेरुजु करीब ५ खर्ब देखिएको हो।

यस आर्थिक वर्षमा मात्रै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरुजु देखिएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए।

संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको उनले बताए। त्यस्तै यस्तै  प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ।

स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको शर्माले बताए। त्यस्तै उनले देशभरका ४ सय ४८ समिति तथा अरू संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको बताए।

५ हजार ७ सय ५७ निकायको लेखापरीक्षण गर्दा ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँ लेखापरीक्षण भएको बताए।

महालेखा परीक्षकको कार्यालयले २६ संस्थानले २०७७/७८ को लेखापरीक्षण नगराएको जनाएको छ जसमध्ये विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीले ५ वर्षदेखि, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन वर्षदेखि लेखापरीक्षण गराएका/नगराएको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved