‘मेरो अनुरोध गभर्नरलाई हो, एमाले अर्थ योजना विभागका मिस्टर एम अधिकारीलाई होइन’

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यंग्य गर्दै ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भएको बताएका छन्।

एमालेको अर्थ योजना विभागमा गभर्नरकै नाम ठेगाना मिल्ने एम अधिकारीको नाम भेटिएपछि उनी गभर्नर भएको भन्दै आलोचना भइरहेको छ। यस्तै नेता थापाले पनि आजको प्रतिनिधिसभा बैठकमा गभर्नरमाथि व्यंग्य गर्दै अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छन्।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउन गभर्नर अधिकारीलाई सुझाव दिए। तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, आकासिँदो मुल्यवृद्धि जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने उनले बताए।

शेयर बजारमा ल्याइएको ४/१२ नीतिले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम गरेको भन्दै यसलाई सच्चाउनुपर्ने उनको भनाइ थियो।

तर यी सुझाव आफूले एमालेका अर्थ योजना विभागका मिस्टर एम अधिकारीलाई नभई राष्ट्र बैंकका गभर्नरलाई दिएको बताउँदै थापाले गभर्नरमाथि व्यंग्य गरे। उनले भने,‘‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved