क्युवामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह

संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरूको अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएको र त्यो विशिष्ट ‘जबरजस्ती कूटनीति’ भएको उनको टिप्पणी छ।

नेपालभ्युज

क्युवामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह
सांकेतिक तस्वीर

एजेन्सी। चिनियाँ विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युवाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्।

वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युवाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताएका छन्।

संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरूको अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएको र त्यो विशिष्ट ‘जबरजस्ती कूटनीति’ भएको उनको टिप्पणी छ।

लगातार २९ पटक संयुक्त राष्ट्रसंघको महासभाले संयुक्त राज्य अमेरिकालाई आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै प्रस्तावहरू पारित गरेको छ।

ूहामी संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायबाट न्यायको लागि आह्वान गर्न, संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको परिपालना गर्न र क्युबाविरुद्ध एकपक्षीयरूपमा लगाइएको प्रतिबन्धहरू पूर्ण रूपमा हटाउन आग्रह गर्दछौं,ू वाङले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved