नामिबियाविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल, बसिरको डेब्यू

स्पिनर बसिर अहमदले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दैछन्। उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने ३३ औँ खेलाडी बनेका छन्।

नेपालभ्युज

नामिबियाविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल, बसिरको डेब्यू

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ।

लिग–२ अन्तर्गतको यस क्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आयोजक स्कटल्याण्ड र नामिबियासँग दुई–दुई ओटा एकदिवसीय खेल खेल्दैछ।

यसै खेलमार्फत स्पिनर बसिर अहमदले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दैछन्। उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने ३३ औँ खेलाडी बनेका छन्।

लिग–२ अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने बाटो हो। यस लिग–२ मा शीर्ष तीनभित्र पर्ने टिमले सिधै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाउनेछन्।

साथै, आईसीसीको एकदिवसीय मान्यता जोगाउन पनि नेपालको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ। सात राष्ट्र सहभागी यो लिग–२ को शीर्ष पाँच भित्र रहने सके नेपालको एकदिवसीय मान्यता यथावत रहन सक्छ।

हाल लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ। नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ। १५ खेलबाट १४ अंक रहेको नामिबिया नेपाल भन्दा पछि छैँटौ स्थानमा छ।

आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले अझ २० खेल खेल्न बाँकी नै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved