सांसदका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएपछि सभामुख सापकोटाले यस्तो रुलिङ गरेका हुन्।

नेपालभ्युज

सांसदका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
फाइल तस्वीर

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गरेका छन्।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएपछि सभामुख सापकोटाले यस्तो रुलिङ गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवं राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यसपछि सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved