कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित

नेपालभ्युज

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित

कञ्चनपुर । उद्योग वाणिज्य संघ कञ्चनपुरको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन्।

संघको आज सम्पन्न मतगणनामा संघका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

निर्वाचित जोशीले एक हजार २९९ मत प्राप्त गरे भने पराजित जोशीले ७८३ मत पाएका निर्वाचन समितिले जनाएको छ। त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरे।

त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित हुनुभएको छ । महासचिव पदमा बोहराले एक हजार २०१ मत पाए भने अर्का प्रत्यासी भट्टले ८०० मत पाए।

शनिबार भएको मतदानमा दुई हजार १८४ मत खसेको वाणिज्य संघ कञ्चनपुरले जनाएको छ।

यसअघि संघको वरीष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए। त्यसैगरी संघको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved