फेरि थप दुई जनामा हैजा, हैजाका बिरामी २३ पुगे

नेपालभ्युज

फेरि थप दुई जनामा हैजा, हैजाका बिरामी २३ पुगे

काठमाडौँ । उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।

कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए। थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।

उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved