थप ७८ जनामा कोरोना पुष्टि

नेपालभ्युज

थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ३ सय ८४ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार १ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ९८ जना निको भएका छन्।

हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved