अर्थ मन्त्रालय अब प्रधानमन्त्री देउवाले नै सम्हाल्ने

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ मातहत राखेको जानकारी दिएको छ।

नेपालभ्युज

अर्थ मन्त्रालय अब प्रधानमन्त्री देउवाले नै सम्हाल्ने

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ मातहत राखेको जानकारी दिएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए। त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँसँग राखेका हुन् । गठबन्धन सरकारमा अर्थमनत्रालय माओवादी केन्द्रको भागमा परेको छ।

माओवादीका नेताहरूले संसदीय समितिको छानबिनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने र फेरि पदमा फर्कने बताएका छन्। यसले संसदीय छानबिन समिति लोकलाज ढाक्न मात्र गठन गरेको र प्रक्रिया पुर्‍याएर उनलाई चोख्याउने चालबाजीको रूपमा कतिपयले आश‌का गरेका छन्। अन्ततः फेरि उनै शर्मालाई अर्थमन्त्री बनाइन लागिएको बुझाइ छ।

संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी नेता वर्षमान पुनले छानबिनबाट निर्दोष साबित भएपछि शर्मा नै पुनः अर्थमन्त्री बन्ने दाबी गरेका थिए।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका हुन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन्। अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved