अर्थमन्त्रीले राजीनामा नदिए बर्खास्त गर : उपसभापति गुरुङ

नेपालभ्युज

अर्थमन्त्रीले राजीनामा नदिए बर्खास्त गर : उपसभापति गुरुङ
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दशन शर्माले राजीनामा दिनुपर्ने बताएका छन्।

बजेट निर्माणको समय अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर फेरबदल गरेको अर्थमन्त्री शर्मामाथि आरोप छ।

अर्थ मन्त्रालयले बजेट बनाउँदाको सीसीटीभी फुटेज समेत मेटिएको दाबी गरेपछि अर्थमन्त्री शर्माको आलोचना भइरहेको छ। सडकदेखि संसद्सम्म उनको राजीनामा माग गरिएको छ।

सार्वजनिक पद धारण गरेका व्यक्ति विवादमा तानिएपछि सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने, नागरिकले हेर्न पाउनुपर्ने उपसभापति गुरुङले बताए। विवाद समाधानका लागि छानबिन समिति गठन गर्नुपर्ने र समितिलाई सघाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ। राजीनामा नदिए बर्खास्त गर्न उनले माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved