अर्थमन्त्रीबारे बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच ‘गहन’ छलफल

भेटमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर फेरबदल गरेको आरोप लागेका अर्थमन्त्री शर्माको विषयमा दुई नेताबीच छलफल भएको हो।

नेपालभ्युज

अर्थमन्त्रीबारे बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच ‘गहन’ छलफल
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री जनार्दन शर्माबारे उठेका विभिन्न प्रश्नहरु र सीसीटीभी फुटेजको विषयमा गहन छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

देउवासँग छलफलका लागि सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार साँझ बालुवाटार पुगेका थिए। भेटमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर फेरबदल गरेको आरोप लागेका अर्थमन्त्री शर्माको विषयमा दुई नेताबीच छलफल भएको हो।

करको दर अनाधिकृत व्यक्तिले फेरबदर गरेको र उक्त दिनको सीसीटीभी फुटेजसमेत नरहेको विषय बाहिरिएपछि अहिले अर्थमन्त्री शर्मामाथि राजीनामा गर्न चौतर्फी दबाब भइरहेको छ। यहीबीचमा प्रचण्डले बालुवाटार पुगेर देउवासँग छलफल गरेका हुन्।

प्रचण्डले भेट्नुअघि आजै साँझ अर्थमन्त्री शर्माले पनि प्रधानमन्त्री देउवालाई भेटेका थिए। तर, उक्त भेटमा प्रचण्ड साथ रहेको वा नरहेको विषय भने खुलेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved