गठबन्धनमा होइन, कुर्सीमा समस्या हो : प्रधानमन्त्री

नेपालभ्युज

गठबन्धनमा होइन, कुर्सीमा समस्या हो : प्रधानमन्त्री
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्।

कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान अनावरण गर्दै उनले गठबन्धनको विवादलाई सामान्य रुपमा लिनुपर्ने बताए।

‘‘गठबन्धनमा समस्या आएको छैन। विवादलाई सामान्य रुपमा नै लिनुपर्छ’’, उनले भने, ‘‘एउटै पार्टीमा रहेकाहरुबीच त समस्या आउँछ भने कुर्सीमा समस्या हुनु त सामान्य कुरा हो। तपाईँ प्रधानमन्त्री भएपछि थाहा पाउनु हुनेछ।’’

कांग्रेस सभापति समेत रहेका देउवाले कार्यक्रममा पूर्वप्रधानमन्त्री कोइरालाको प्रसंसा गरे। गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार पनि भएको उनले बताए। “कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ,” उनले भने, “उहाँ युगपुरुष र शिखरपुरुष हुनुहुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved