काठमाडौंमा दुई बालकमा हैजा पुष्टि, बिरामीको संख्या १९ पुग्यो

कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो।

नेपालभ्युज

काठमाडौंमा दुई बालकमा हैजा पुष्टि, बिरामीको संख्या १९ पुग्यो

काठमाडौं। काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो।

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved