कोरोना महामारीमा नेपाल आएका २८१ विद्यार्थी मंगलबार चीन फर्कँदै

नेपालभ्युज

कोरोना महामारीमा नेपाल आएका २८१ विद्यार्थी मंगलबार चीन फर्कँदै

काठमाडौं। कोरोना भाइरस संक्रमणको महामारीमा नेपाल फर्किएका नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शुरु भएको छ।

चीनमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोरोना महामारीको समयमा नेपाल फर्किएका थिए।

उनीहरुमध्ये ८५० विद्यार्थीको सूचीबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने लागिएको आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

२८१ विद्यार्थीलाई जुलाई ५ मा चीन फर्काउने लागिएको उनले बताइन्।

प्रवक्ता लम्सालका अनुसार बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved