परनिर्भरताले देशमा गरिबी बढ्यो : कमल थापा

‘‘बढ्दो गरिबीका कारणले निमुखा र विपन्नलाई सम्पन्न बनाउने नाममा इसाईकरण गरिँदा नेपाल धर्म परिवर्तन गर्ने देशहरुमा पहिलो नम्बरमा छ।’’

नेपालभ्युज

परनिर्भरताले देशमा गरिबी बढ्यो : कमल थापा

सुर्खेत। राप्रपा नेपालका अध्यक्ष कमल थापाले परनिर्भरताका कारणले देशमा गरिबी बढेको बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार राप्रपा नेपाल कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले आन्तरिक उत्पादनलाई बढाउनुको साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरताले देशमा गरिबी बढेको बताएका हुन्।

देशका ४० लाख बढी युवा शक्तिलाई वैदेशिक रोजगारीको जोखिमपूर्ण काम लगाउन बाध्य पारिएर आएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको उनले बताए

यस्तै उनले विपन्नलाई सम्पन्न बनाउने नाममा इसाईकरण गरिँदा नेपालमा धर्म परिवर्तन बढेको बताए। ‘‘बढ्दो गरिबीका कारणले निमुखा र विपन्नलाई सम्पन्न बनाउने नाममा इसाईकरण गरिँदा नेपाल धर्म परिवर्तन गर्ने देशहरुमा पहिलो नम्बरमा रहेको छ’’, उनले भने, ‘‘धर्म परिवर्तन गराउनका लागि पनि देशमा अहिले आयात बढी गरेर परनिर्भरता बढाइएको छ।’’

लोकतन्त्रको आड्मा केही सीमित राजनीतिक दलका व्यक्तिहरुले रजगज गर्दा विगत १६ वर्षदेखि देश परिवर्तनको आसमा बसेका आम नागरिकका अपेक्षाहरु पूरा हुन नसकेका थापाले बताए।

फरक विचार र राष्ट्रनिमार्णको वैकल्पिक मागचित्र बोकेको राप्रपा नेपालले देशको धरातलीय यथार्थ र आवश्यकतालाई दृष्टिगत गर्दै देशको समसामयिक परिस्थिति र मुख्य चुनौतिहरुका वारेमा समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग विचार आदानप्रदान गरेर राप्रपा पहिलो शक्ति हुने थापाको जिकिर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved