ठमेलको एलओडी क्लब विश्वकै उत्कृष्टको सूचीमा

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औँ स्थानमा परेको हो।

नेपालभ्युज

ठमेलको एलओडी क्लब विश्वकै उत्कृष्टको सूचीमा

काठमाडौं। काठमाडौंको ठमेलस्थित एलओडी क्लब (लड अफ द ड्रिंक्स्) विश्वकै उत्कृष्ट क्लबमध्ये ५२ औँ स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औँ स्थानमा परेको हो।

केही समय अघि क्लब ‘डिजे म्याग टप सय’ को नोमिनेसनमा परेको थियो। भोटिङ र क्लबको सेवा सुविधा तथा विभिन्न विशेषताका आधारमा एलओडी ५२ औँ स्थानमा परेको हो।

युकेस्थित डिजे म्यागको वेब साइटमा उल्लेखित एलओडी क्लबको विवरण

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थियाे। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

बुधबार क्लबमा पत्रकार सम्मेलन गर्दै एलओडी डिजे म्याग टप सयको छनौट भएर ५२ औँ स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए। उनकाअनुसार पाँच सय क्लब सहभागी थिए।
रविन श्रेष्ठले भने, ‘‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो, टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’’

सय वटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै श्रेष्ठले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

मनोरञ्जन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए।

साढे तीन वर्षअघि स्थापना भएको क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ। एकसाथ २५ सय मानिस अट्न क्लबको क्षमता छ। क्लबमा करिब एक सय ५० कर्मचारी कार्यरत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved