पेट्रोल पम्पको काउन्टर फुटाएर नगद चोर्ने दुई जना पक्राउ

त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाललाई प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

पेट्रोल पम्पको काउन्टर फुटाएर नगद चोर्ने दुई जना पक्राउ

काठमाडौं। उदयपुरमा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार रुपैयाँ चोरी गरी उनीहरु फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved