गौशालामा एकैसाथ भेटियो एउटै नम्बर प्लेटका दुई मोटरसाइकल

दुवै मोटरसाइकलका चालकले रेनकोट ओडेका थिए। पछाडिबाट हेर्दा बजाज कम्पनीका जस्तै बाइक देखिनै दुवै मोटरसाइकलको प्लेटमा एकै नम्बर थियो– ‘बागमती प्रदेश ०२, ०२२ प, २३ ८० ’।

नेपालभ्युज

गौशालामा एकैसाथ भेटियो एउटै नम्बर प्लेटका दुई मोटरसाइकल

काठमाडौं। काठमाडौंको गौशाला चोकमा एउटै नम्बर प्लेटका दुई गाडी फेला परेका छन्। बिहान करिब साढे ८ बजे तिर गौशाला चोकमा जाम भएको समयमा एकै नम्बर प्लेट भएका मोटरसाइकल एकैसाथ लाइनमा देखिएका हुन्।

लाइनमा चारपांग्रे गाडीका साथै करिब दर्जन मोटरसाइकल पनि थिए। त्यही लाइनको बीचमा एउटै नम्बरका दुईवटा निजी मोटरसाइकल एकैसाथ भेटिए। सिमसिमे पानी परिरहेको थियो।

दुवै मोटरसाइकलका चालकले रेनकोट ओडेका थिए। पछाडिबाट हेर्दा बजाज कम्पनीका जस्तै बाइक देखिने दुवै मोटरसाइकलको प्लेटमा एकै नम्बर थियो- बागमती प्रदेश ०२, ०२२ प, २३ ८०

एकै नम्बर प्लेटका मोटरसाइकल भेटिएपछि यसलाई देख्ने कसैले ट्राफिक प्रहरीलाई खबर गरिदिए। लगत्तै एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएकाको साथमा कागजपत्र रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव दासले बताए। उनले नेपालभ्यूजसँग भने, ‘‘सक्कली मोटरसाइकलधनीलाई भेटेका छौँ। अर्का नक्कली चालक मोटरसाइकलसहित फरार छन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved